Friday, January 24, 2025

भारतसँग सीमा जोडिएका नाकाहरुमा हेल्थ डेक्स राखी सावधानी अपनाइने

पछिल्लाे समाचार


सर्लाही , २६ पुष //
छिमेकी मुलुक भारतमा कोरोना को नंया भेरीएन्ट ओमिक्रोन भाइरस व्यापक रुपमा फैलिएपछि सर्लाहीसंग जोडिएका सीमा नाकाहरुमा हेल्थ डेक्स स्थापना गरि स्वास्थ्य परीक्षण बढाइने भएको छ ।

आइतबार दिउँसो जिल्लाको सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले भारतसँग सीमा जोडिएका प्रत्येक पालिकाको नाकाहरुमा हेल्थ डेक्स राख्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार भारततर्फबाट आउनेहरुको ज्वरो परीक्षणसहित कोरोना भाइरसको संक्रमणको जस्तो लक्षण देखिए एन्टिजेन टेष्ट समेत गर्ने निर्णय भएको हो।

पालिकाहरु आफैले आ–आफ्नो ठाउँमा हेल्थ डेक्स खोल्ने निर्णय भएको उनले बताए । यस्तै, कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्न आग्रहसहित जनचेतना जगाउन पालिका, स्वास्थ्य कार्यालय, प्रहरी प्रशासन लगायत सबै निकायले प्रचारप्रसार गर्ने, तपाईको मास्क खोई ? अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको छ ।
सर्लाहीसँगै सीमा जोडिएको भारतको बिहारमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपनि सर्लाहीको सीमा नाकामा अहिलेसम्म कुनै सर्तकर्ता अपनाइएको छैन् ।खुला सीमाबाट बिना परीक्षण र सतर्कर्ता निर्वाध रुपमा आउजाउ भइरहेकोले सीमावारी सर्लाहीमा पनि कोरोना संक्रमण फैलने जोखिम धेरै रहेको भन्दै चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन जरुरी रहेको जानकारी दिएका छन्।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह, भारतसँग टाँसिएका अन्य विभिन्न पालिकाका प्रमुखहरु, जिल्ला समन्वय समितिका समन्वय अधिकारी होमनाथ सुवेदी, जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झा, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु