रौतहट , ४ माघ //
रौतहटको चन्द्रपुर नगरपालिका बजार क्षेत्रका विभिन्न स्थानहरूमा दाउरा वितरण गरिएको छ।
केहि दिन देखि बढेको चिसोलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले बजारका विभिन्न स्थानहरु मा दाउरा संकलन गरि आगो बाल्ने व्यबस्था गरेका हुन्।
हुस्सु संगै परेको शितलहरको कारणबाट आम नागरिकहरूको जनजिवन प्रभावित भएको छ।
सोहि कुरालाई मध्यनजर गर्दै कार्यालयका प्रहरी प्रमुख (डिएसपी )लिलाराज लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले शितलहरको प्रभावबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यले सोमबार चन्द्रपुर् बजारका विभिन्न स्थानमा आगो बाल्ने व्यबस्था गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
रौतहटमा मा कठ्यांग्रिने गरी चिसो हुँदा जनजीवन निकै कष्टकर बनेको छ । सोमबारदेखि जिल्लामा घाम समेत लागेको छैन ।
सर्वसाधारणले सोमबारयता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन् । रौतहटमा सोमबार दिनभर घाम लागेन् । मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शितलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेको छ । यस क्षेत्रमा आइतबारदेखि चिसो अत्याधिक बढ्न थालेको हो ।