रौतहट , १५ माघ //
सरकारले पाँच दिन विद्यालय खोल्ने भएका छन् ।विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको थियो।
कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।
पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ ।
खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।