रौतहट १ माघ//
मौलापुर नगरपालिकाले वडा नम्वर २ मर्यादपुरमा बिपन्न चमार समुदायलाइ २५ वटा पक्कीघर हस्तान्तरण गरेको छ ।
नगरपालिका ले एउटा घर सातलाख ५० हजारको दरले निर्माण गरेर शनिवार समुदाय लाई हस्तान्तरण गरेको हो ।
एक करोड ८७ लाख ५० हजारको लागतमा एकीकृत दलित बस्ति निर्माण गरिएको मौलापुर नपा कि मेयर रिना कुमारी साहले जानकारी दिएकी छिन ।
दुई वटा कोटा, शौचालय, धारा, सहित को घर निर्माण गरिएको हो । मुख्य सडक मा सात धुर र भित्र ८ र ९ धुर जमिनमा घर बनाइ फुसको घरमा बस्दै आएका चमार समुदाय लाई घर हस्तान्तरण गरिएको हो ।
शनिवार नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवाली ले घर हस्तान्तरण गरेका छन ।सो कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साह , मौलापुरकी मेयर रिना कुमारी साह लगाएत नेताहरु को उपस्थितीरहेको थियो ।
नगरपालिकाले विभिन्न सरकारी र सामुदायिक संरचना निर्माणका लागि ४ बर्षमा करीव १३ बिगाह जमिन खरीद गरेको छ ।
शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती बिकास , नगरपालिकाको कार्यालय स्थापना जस्ता दिर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाख को लगानीमा जमिन खरिद गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त नगरकी प्रमुख साहले पुर्वाधार बिकासका लागि दिर्घकालिन सोचका साथ नगरपालिकाले जमिन खरिद गरेको बताइन ।
नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन मौलापुर नपाको विभिन्न वडामा खरीद गरेको छ ।