Saturday, January 25, 2025

नगरपालिकाको बेवास्ताका कारण चन्द्रपुर चोक दुर्गन्धित

पछिल्लाे समाचार


रौतहट , १८ पुष //
स्थानीयले पटक -पटक गुनासो गर्दै आएपनि नगरपालिका को बेवास्ताका कारण चन्द्रपुरको मुख्य चोक दुर्गन्धित बन्दै गएको छ।

होटल व्यवसायीहरुले होटलबाट निस्कने फोहोर जथाभावी फाल्ने गरेको कारण चन्द्रपुर नगरपालिका–४ स्थित मुख्य चोक दुर्गन्धित बन्दै गएको हो।

होटल व्यवसायीले फालेको फोहोर र दूषित पानीका कारण मुख्य चोकको सडक वरपर हिलाम्मे बनेको छ।
फोहोर तथा हिलोका कारण यात्रु तथा स्थानीयलाई हिडडुल गर्न समेत समस्या भएको उनीहरुको गुनासो छ।
राजमार्गमा गुड्ने सवारीको जक्सन पनि भएकाले चोकमा दैनिक सयौको सख्यामा सवारी साधन रोक्ने गर्दछ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले गत वैशाखमा मुख्य चोकको दुई लेनको सडकलाई चार लेनको बनाएको थियो ।

सडक फराकिलो भएसँगै सवारी आवगमन सहज हुने विश्वास गरिएपनि चार लेनको सडकको दुई लेन अहिले बसपार्कमा परिणत भएको छ।
होटल व्यवसायीले नालामा छाडेको पानी सडकमा बग्न थालेपछि सोहि पार्किङ क्षेत्र फोहोर पानीले हिलाम्मे भएको हो।
होटल व्यवसायीलाई पटक पटक फोहोर पानी नफाल्न भने पनि नमानेको वडाध्यक्ष अमर आलेले बताए ।यता नगर उपप्रमुख रामरति चौधरीले नगरभित्रको सडक र फुटपाथको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको भएको बताइन ।
उनले यसले दुर्घटना जोखिम बढेको तथा फोहोर पानीलाई व्यवस्थित गर्ने र पार्किङ पनि मिलाउने बताइन। दुई वर्षअघि डिभिजन सडकले चोकको उत्तरतर्फ सानो नाला बनाएको थियो ।

सोहि नालामा होटल व्यबसाहिहरुले फोहोर फाल्ने गर्छन । बेला बेलामा नाला सफा गर्नु पर्ने हो तर त्यस्तो हुन सकेको छैन ।
होटल सञ्चालकहरूको बदमासीले चोकमा हिँड्नै नसक्ने अवस्था आएको चन्द्रपुर ४ का स्थानीय केदार तिमल्सिनाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु