जनकपुरधाम , १२ माघ //
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् ।
जनमतका कार्यकर्ताहरुले जनकपुरधामको पीडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा.सतिस साह माथि आक्रमण गरेका हुन् ।
मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा बर्दिबास जाँदै गरेको अवस्थामा आक्रमण भएको हो।
आक्रमणमा परि घाइते भएका मेसु साहको मुखमा ८ वटा टाका लागेको जनाइएको छ ।