Monday, January 27, 2025

चिसो बढेपछि पर्साको ग्रामिण क्षेत्रमा काठ तस्करी बढ्यो

पछिल्लाे समाचार


पर्सा , २० पुष //
केहिदिन देखि लागेको हुस्सु का कारण पर्साको ग्रामिण क्षेत्रमा काठ तस्करी बढेको छ।

चिसो तथा शितलरहर बढेपछि ग्रामिण क्षेत्रमा प्रहरीको गस्ती पातलिएको मौका छोप्दै काठ तस्करहरु पुन: सक्रिय भएका हुन् ।
सोमबार बिहान मात्रै पर्साको सखुवाप्रसौनी गाउँपालिबाट प्रहरीले तस्करीको काठसहित ट्रयाक्टर बरामद गरेको छ ।
सखुवाप्रसौनी वडा नम्बर २ घुसुकपुरबाट इलाका प्रहरी कार्यालय रङ्गपुरबाट खटेको टोलीले ना.३ त ४६९० को ट्याक्टरमा छ फिट लम्बाइको चार थान काठ ३० क्युफिट सिमलको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको काठ सबडिभिजन वन कार्यालय रङ्गपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय रङ्गपुरका प्रहरीले जनाएको छ ।
काठ कसले कहाँबाट ल्याएको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेका इलाका प्रहरी कार्यालय रङ्गपुरले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु