Saturday, January 25, 2025

कोरोनाको जोखिम बढ्दै गएपछि प्रजिअ ढकालको अनुगमन , नाकामा ४ सय बेड तयारी

पछिल्लाे समाचार


पर्सा , २६ पुष //
वीरगञ्जको भन्सार कार्यालय भित्र निर्मित १ हजार क्षमताको होल्डिंग सेन्टरको निरीक्षण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतको टोेलीले होल्डिंग सेन्टरको अनुगमन गरेका हुन्।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पूर्व तयारीका लागि सेन्टरसँगै ईनर्वा नाका र नाकामा स्थापित हेल्थ डेस्कको अनुगमन गरिएको प्रजिअ ढकालले जानकारी दिए।
अनुगमनको क्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले होल्डिंग सेन्टरमा १ हजार बेड क्षमतामध्ये हाल ४ सय बेड तयारी अवस्थामा रहेको बताए।
सिरियस केस भएका संक्रमितहरु आएमा होल्डिंग सेन्टरमा राख्ने र उनीहरुलाई खानासहितको आवश्यक जोहो गर्ने कार्यमा महानगरपालिका, जिल्ला कोभिड समन्वय समितीसहित सरोकारवाला जुटीरहेको प्रजिअ ढकालले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु