रौतहट, ३ माघ //
नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट १ सय ३५ सदस्यिय कमिटी गठन भएको छ ।
सो कमिटी लाई नमान्ने भन्दै असन्तुष्ट पक्ष ले गरुडामा भेला गरेका छन ।
आइतवार राति सम्पन्न अधिवेशनले अध्यक्ष मा त्रिभुवन साह,उपाध्यक्षमा दिपक यादब, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी , उपसचिवमा रुपेश पटेल सहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
नेकपा एमाले प्रदेश २ का अध्यक्ष राम अवतार यादव ले सर्वसम्मत चयन भएका नया कमिटी लाई सपथ खुवाएका थिए ।
यता एमालेका निवर्तमान अध्यक्ष तुलसी राज गिरीले अधिवेशनको हल ले अनुमोदन नगरी अध्यक्ष मण्डल बाट जबर्जस्ती घोषणा गरिएको एकलौटी जिल्ला कमिटी अवैध रहेको प्रतिकृया दिएका छन ।
सोमवार दिउँसो पार्टी कार्यालय गरुडामा असन्तुष्ट पक्षका प्रतिनिधि, पर्यवेक्षकहरु भेला भएका छन ।