Friday, January 24, 2025

ई- रिक्सा चालक तिमल्सिनाले गरे विभिन्न स्थानमा न्यानो कपडा वितरण

पछिल्लाे समाचार


रौतहट , १ माघ //
रौतहटका ई- रिक्सा चालक तथा समाज सेवी केदार प्रसाद तिमल्सिनाले विभिन्न स्थानमा न्यानो कपडा वितरण गरेका छन्।
उनले रौतहटको विभिन्न स्थानका गरिब तथा बिपन्नहरुलाई न्यानो कपडा वितरण गरेका हुन्।

चन्द्रपुर नगरपालिका वडा नं ६ , ८ ,9 र १० का गरिब तथा बिपन्न हरुलाई जाडो बाट बच्न टोपि ,ज्याकेट र सुइटर बितरण गरिएको ई- रिक्सा चालक तथा समाज सेवी तिमल्सिनाले जानकारी दिए।

यस्तै उनले मकवानपुर जिल्लाको मनहरि गाउँ पालिका वडा नं ६ र ७ मा चेपाङ्ग जातिका आठ सय जना लाई टोपि ज्याकेट सुइटर बितरण गरिएको बताए।
उनले मनहरी गाउँ पालिका अन्तर्गतको पहाडी क्षेत्रमा चेपाङ जाति को सरिर देखेपछि न्यानो कपडा वितरण गरिएको बताए।

तिमल्सिनाले अबको अभियान रौतहटको गुजारा नगरपालिका जंगल सैयामा रहेको बताए।
गरिब तथा विपन्नहरु चिसोका कारण मर्न नपरोस भन्ने उद्देश्यले कपडा वितरण गर्दै आएको तिमल्सिनाले जानकारी दिए।
उनले काठमाडौं मा रहेका सहयोगि दाता हरुले फेरि कपड़ा पठाउने तयारी भइरहेको समेत जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु