Monday, January 27, 2025

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

पछिल्लाे समाचार


रौतहट , १ माघ //
आज रौतहट लगाएत देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ। विशेषगरी माघे संक्रान्तिलाई मेधशी समुदायले आजको दिनलाई तिलासकराइतको रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघी पर्व मनाउने गर्दछन ।
नेपाली समाजमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन चलिआएको छ।
यस्तै थारु समुदायमा माघीमा आफ्ना चेलीबेटीहरूलाई उपहार दिने तथा स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता रही आएको छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन अझै पनि कतिपय थारु समुदायमा प्रचलनमा छ।

त्यसैगरी मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, च्युरा, मुरही लगायतको परिकारलाई सक्खर मिलाएर लाइ बनाउने गर्दछन् । नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन रहिआएको छ । आफ्ना छोरीको घरमा ती परिकारहरु कोसेलीको रुपमा पठाउने चलन समेत मिथिलाञ्चलमा रहेको छ ।

आजदेखि उत्तरायण सुरु भएकाले दिन लामो र रात छोटो हुँदै जाने गर्दछ। आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्ने गर्दछ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ। पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु