बारा , ३ माघ //
९ वर्षीय बालिकालाई बलात्कार गरि हत्या गरेको घट्नामा संलग्न दुइ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउंपालिका–८ कोतवाली टोल बस्ने २० वर्षीय सन्तोष साह कानु र ४० वर्षीय शान्ति देबी रहेका छन् ।
उनीहरु आमाछोरा हुन् । यहि पुस २५ गते आदर्श कोतवाल गाउंपालिका–.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानूको ९ वर्षिया छोरी रुपमाला कुमारी साहको जबर्जस्ती करणी गरी हत्या भएको थियो।
कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबर्जस्तीकरणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकी अर्का अभियुक्त शान्ति देवीले उक्त घट्नाको अपराध पुष्टि हुने दशीहरू लोप गर्ने प्रयास गरेकी थिईन् ।
२५ गते दिउंसोबाट हराईरहेको बालिकाको शव पुष २७ गते सोही ठाउं स्थित जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो ।