Sunday, January 26, 2025

पुरानै संरचनामा सिमरा बिमानस्थल

पछिल्लाे समाचार


बारा , २६ पुष //
बाराको सिमरा विमानस्थल करिब ७० वर्षदेखि पुरानै भौतिक संरचनामा संचालन भइरहेको छ ।वि.सं. २००८ सालदेखि सञ्चालित विमानस्थल पुरानै टावर भवन, टर्मिनल भवन, धावनमार्ग, पार्किङलगायत संरचनामा संचालन हुँदै आएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए ।

दैनिक १२ देखि १५ उडान हुने सिमरा विमानस्थलमा करिब १६ सय यात्रु दैनिक ओहोरदोहोर गर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ । उडानको संख्या बढेसँगै यात्रुको संख्या पनि बढेको छ । यद्यपी यात्रुलाई बस्नका लागि समेत प्रतिक्षालयमा पर्याप्त स्थान छैन । बुद्ध, यती, श्री र गुण एयरलाइन्स कम्पनीका लगभग १२ देखि १५ उडान भर्ने सिमरा विमानस्थल हाल ११ सय ९२ मिटर रनवेमा सञ्चालान भईरहेको छ ।

जबकी बिचक्राफ्ट, एटीआरजस्ता ठूला विमान फुल फेजमा उडान र अवतरण गर्न १५ सय मिटर धावन मार्ग आवश्यक पर्दछ ।यद्यपी थप ३ सय मिटर बढाउन जग्गा अधिग्रहण गर्नेतर्फ प्राधिकरणको पनि ध्यान पुग्न सकेको छैन । न त त्याहाँस्थित नेता, जनप्रतिनीधिहरुले नै आवाज उठाएको पाइन्छ ।

निजी विमान कम्पनीले उडानका समस्या पटक–पटक प्राधिकरणसमक्ष सुनाउँखा पनि चासो नदिएको बिमा कम्पनीको गुनासो छ ।एप्रोच लाइट विस्तार हुन नसक्दा रात्रि उडान हुन नसकेको यति एयरलाइन्स सिमराका सुबास सापकोटाले बताए ।

सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले विमानको चापसँगै टर्मिनल बिल्डिङ, विमान पार्किङ, धावनमार्ग विस्तार, एप्रोच पार्क विस्तार गर्न तत्काल पहल थाल्नुपर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु