रौतहट , ४ माघ //
रौतहटको बौधिमाई नगरपालिकाबाट स्रोत नखुलेको ३ लाख बढी रकमसित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाल रहेका छन्।
सोमबार दिउँसो प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।