Saturday, January 25, 2025

सीमाक्षेत्रहरु मा घर फर्कनेको लर्को , कोरोना बढ्ने त्रास

पछिल्लाे समाचार


पर्सा , २७ पुष //
पर्साको सीमाक्षेत्रमा घर फर्कनेको लर्को लागेको छ। रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फर्कन थालेका छन्।
दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गए आएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदै छन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ ।

सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती भिषवाका एक स्थानीयले बताए।

जिल्ला भित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्न सक्ने स्थानीयमा त्रास बढेको छ। अहिले वीरगञ्ज नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन ।भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा वीरगञ्ज बाहेक अन्त कतै स्वास्थ्य हेल्थडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने त्रास बढेको हो ।

यसअघि भारतीय नागरिकमा मात्रै संक्रमण पुष्टि भएको थियो। तर २ दिनयता वीरगञ्जकै नागरिकमा समेत संक्रमण देखिएपछि जोखिम बढेको छ ।
अहिलेसम्म १ चौथाई मान्छेलाई पनि रोक्न नसकेको वीरगञ्जको ईनर्वास्थित हेल्थ डेस्ककी ईन्चार्ज मेडिकल अधिकृत डा. अनिशा महतोले बताइन् ।

नाका भएर दैनिक २ हजार जना आवतजावन गर्ने भएपनि अहिले परीक्षण बढीमा ५ सय जना सम्मको हुने गरेको डा. महतोले जानकारी दिइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु