रौतहट , २८ पुष //
सरकारले आगामी माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने व्यबस्था गरेको छ ।
आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको छ।