सर्लाही , २७ पुष //
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वाव परिक्षणका लागि दिएका दुवैको रिपोर्ट सोमबार साँझ पोजिटिभ आएको जनाइएको छ। उनीहरू विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
दुवै जनालाई संक्रमण पुष्टि भएपछी आफ्नो सरकारी निवासमा आइसोलेशनमा बसेको बताइएको छ।