Friday, January 24, 2025

सरकार किसानप्रति संवेदनशील नहुदा उधारोमा उखु बिक्री गर्ने वाध्य

पछिल्लाे समाचार


रौतहट , १९ पुष //
सरकार किसानप्रति संवेदनशील नहुदा प्रत्येक वर्ष उधारोमा उखु बिक्री गर्न वाध्य भएका छन्। सरकारले किसानको माग सुनुसवाई नगरी कानमा तेल हालेर बस्दा रौतहट,बारा, पर्सा र सर्लाहीका किसानहरु यस वर्ष पनि उधारोमै उखु बेच्न बाध्य भएका हुन ।

उखुको मूल्य प्रति क्विन्टल कति रुपैंया छ भन्ने बारे किसन र चिनी मिललाई नै जानकारी नभएको बाराका अगुवा किसान प्रभु प्रसाद यादवले गुनासो गरे।
किसानले आफुले उत्पादन गरेको वस्तुको मुल्य कति हो जानकारी पाउने कि नपाउने भन्ने उनको प्रश्न छ।

अहिले किसान उखुको दर भाउ बारे पुरै अनविज्ञ रहेको उनले बताए ।उखु मुल्य निर्धारण नभए पनि अहिले उखु कटान सुरु भएसंगै चिनीमिल पनि संचालनमा आइसकेको छ। तर उखुको मुल्य कति हो कसैलाई किन थाहा छैन।
सरकारलका तत्कालिन मन्त्रीहरुले समयमा उखुको उचित मुल्य निर्धारण गर्ने किसानलाई आश्वासन दिएपनि त्यो वाचा पुरा नभएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहाले जानकारी दिए ।किसानको उत्पादन खर्च उठने गरी उखुको मुल्य निर्धारण गर्न सरकारसंग माग गरेको उनले बताए। उनले माग सम्बोधन नभएर आफुहरु कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।

रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रीज प्रालीका संचालक राजकुमार गाडियाले सरकारले उखुको मुल्य निर्धारण नगरे पनि आफुले ६ सय रुपैयाँ प्रति क्विन्टल उखु खरीद गर्ने जानकारी दिए ।अर्को बाली लगाउन ढिला भईरहेकोले किसानको पिरमर्कालाई सम्झेर आफुले किसानको मागलाई सम्बोधन गर्ने गरी रेटमा उखु खरीद गर्न तयार रहेको जानकारी दिए ।उनले सरकारले गरेको निर्णय मान्न तयार बताए।

किसानहरुले उखुको न्युनतम मुल्य ६ सय ८० रुपैयाँ प्रति क्न्टिल निर्धारण गर्न सरकारसंग माग गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु