रौतहट २५ पुस। रौतहटको ईशनाथ नगरपालिका स्थित औरैयाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको साढे चौध लाख रकम सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिकाको नेपाल भारत सिमाक्षेत्रको मनमोहन गेटबाट नजिकै मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा श्रोत नखुलेको १४ लाख ५० हजार रुपैंया सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षिय संजय कुमार जयसवाल लाई रकम सहित पक्राउ गरिएको सशस्त्र प्रहरी ११ नम्बर गणका गणपति एसपि सूर्यसेन वलिले बताएका छन ।
उनी चढेको बिआर ०५ पिजी ८०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरीबल छिन्नमस्ता वाहिनी र ११ नम्बर गणको संयुक्त टोलीले सो रकम सहित जयसवाललाई पक्राउ गरेको हो ।