Monday, January 27, 2025

वीरगन्जमा शनिबार २ संक्रमितको मृत्यु

पछिल्लाे समाचार


पर्सा , १५ माघ //
वीरगन्जमा कोरोना संक्रमणबाट थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षिया र वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय पुरुष रहेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्।उनको उपचारको क्रममा शनिबार बिहान साढे ७ बजे महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

यस्तै नारायणी अस्पतालमै आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा आज बिहान साढे ४ बजे वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए। ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए।

यो सँगै कोरोनाको तेश्रो लहरमा वीरगन्जमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु