धनुषा , २८ पुष //
धनुषाबाट विभिन्न चाँदीका गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ शिवालय टोल बस्ने ३० बर्षीय कुमार खाती रहेका छन्।
जनकपुरधाम उपमहानगरपालिका ५ मा सवारी चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार खातीलाई रोकी चेक गर्दा निजले बोकेको झोलाबाट ९ किलो ७ सय ६७ ग्राम बिल नभएको चाँदीको गहना बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको छ।