धनुषा , ५ माघ //
लुटेरा समूहको आक्रमणबाट धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेल घाइते भएका छन्।
गएराती महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पाश्वान भारतबाट घर फर्केन क्रममा उनलाई लुटेरा समूहले लुटेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पैसा लुटेको खबर पाएलगत्तै घटनास्थलमा पुगेको असई पोखरेल सहितको प्रहरी टोलीले लुटेरा समूहलाई नियन्त्रणमा लिइ चौकीमा ल्याइने क्रममा लुटेरा समूहले असई पोखरेलमाथि आक्रमण गरेको हो।
घाइते असई पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैइरहेको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।
लुटपाट र आक्रमणमा संलग्न रहेको ५ जनालाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको र उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।