रौतहट १ माघ । जिल्लाका मुसहरजातीले अन्तराष्ट्रिय भुइया दिवस शनिवार मनाएका छन ।
गुजरा नपा २ लक्ष्मिपुर टोलका मुसहरहरुले बिधी अनुसार भुइया पुजा गरेका हुन । हरेक बर्ष माघेसंक्रन्तीको दिन यो पुजा गर्ने गरीन्छ ।
‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, तोडौ विभेदके जन्जिर, देखाउ वीरपुर्खाको नजिर भन्ने नाराका साथ भुइया दिवस मनाएको रातहटका मुसहर समुदायका अगुवा अनुप माझी मुसहरले बताएका छन ।
भुइया महाराजको पूजा–आराधना गरेर यो पर्व मनाउने गरेको मुसहर उत्थान संघका केन्द्रिय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ ।
मुसहरजातीहरु भुमीको पुजा गर्छन तर मुसहर नै भुमी बिहीन छन कस्तो बिडम्वना उपाध्यक्ष माझी को गुनासो छ ।
भुमीको पुजा गर्दै माटोको भाडामा उम्लिरहेको तातो दुधले नुहाएर पुजा गर्ने चलन छ ।
जिल्लामा करीव २० हजारको सख्यामा मुसहरको बसोवास रहेको छ ।