रौतहट , १३ माघ //
रौतहटको वनमा जंगली जनावरको चोरी सिकार बढ्दै गएको छ।
सिकारीले गोली हानेर घाईते बनाएको एउटा घोडगधालाई उपचारका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।
वनमा दैनिक जसो हुलका हुल सिकारी बन्दुक र जाल लिएर जाने गरेको स्थानीयहरू बताउछन।
वन कर्मचारीले नियमित गस्ति नगरेका कारण सिकारीले बन्यजन्तु मार्ने क्रम बढेको उनीहरुको आरोप छ।