Saturday, January 25, 2025

राजदेवीका बालबालिकाहरु बालपोषण भत्ता पाउन बाट बन्चित

पछिल्लाे समाचार


रौतहट , २७ पुष //
रौतहटको राजदेवी नगरपालिकाका बालबालिकाहरु बालपोषण भत्ता पाउन बाट बन्चित भएका छन्।

नगरपालिकाले बिगत दश महिनादेखि बालपोषण भत्ता वितरण नगर्दा गरिब तथा विपन्न परिवारका बालबालिकाहरु समस्यामा परेका छन्।
भत्ता वितरणको बिषयमा पटक पटक सम्बन्धित निकाय र जनप्रतिनिधिहरु लाई भन्दा पनि सन्तुष्टजनक जवाफ नपाएको अभिभावकहरु को गुनासो छ।

सरकारले बालबालिकाको स्यहारसुसारका लागी दिंदै आएको भत्तापनि नगरपालिकाले समयमा वितरण नगर्दा भत्ताबाट वन्चित भएका अभिभावकहरु आक्रोश पोख्न थालेका छन् ।

जन्मको आधारमा दुई बालबालिकालाई सरकारले बालपोषण भत्ता स्वरुप प्रति महिना चार सय रुपैया उपलब्ध गराएको छ। तर राजदेवी नगरपालिकामा नगरप्रमुख तथा निभित्त प्रशासकिय अधिकृतको पटक पटकको विवादका कारण हालसम्म भत्ता वितरण हुन सकेको छैन ।

जनप्रतिनिधिहरुकै लापरबाहीका कारण गत आर्थिक वर्ष देखी नै हालसम्म सो नगरपालिकाका सबै वडाका करिब तीन हजार बालबालिकालाई बालपोषण पाएका छैनन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु