Wednesday, January 22, 2025

मुलुक संकटोन्मुख अवस्थामा

पछिल्लाे समाचार

महेश कुमार श्रेष्ठ //
मुलुकमा दिन प्रतिदिन अनियमितता, भ्रष्टचार ,कुशासन,लुटतन्त्र, अनावश्यक बिवाद, मानमर्दन, निषेदको राजनिती, अभिमान, घमण्ड, धाक-धम्की, पक्ष-बिपक्ष विच एकले अर्कालाई भण्डाफोर गर्ने र सिध्याउने, जनताको भन्दा पनि आफ्नो दलको हित अनुकुल संबिधानको ब्याख्या र ऐनको संसोधन गर्ने तथा प्रदेश र संघिय सरकार विचको आपसि समन्वयको अभावको कारण बिखण्डनवादी र अमर्यादीत गतिबिधिहरुमा बृद्धि हुन गई मुलुक फेरी डर,त्रास, भय, असुरक्षा, अशान्ती र संकटोन्मुख दिशा तर्फ अगाडी बढिरहेको छ।
मुलुकमा महाब्याधि संग लड्न सिटामोल पाउन सकिरहेको छैन। अस्पतालहरुमा बिमारीहरुको घुईचो छ त्यसलाई सहि ढंगवाट ब्यवस्थित गर्न सकिएको छैन।मुलुकको अर्थतन्त्र ईतिहासकै कमजोर र डामाडोल भईरहेको छ।मुलुकमा ललितानिवास प्रकरण लगायत लाउडा, वाईड बडी,अोम्नीमा संलग्न दोषीहरुलाई उन्मुक्ति दिने काम भईरहेको छ। यहा अर्काले मिलोमतो गरि नियम विपरित ठेक्का पट्टा लगायो भनि झांको झार्दै नग्याईरहदा आफ्नो पनि त्यस्तै सम्झौतामा धोती फुस्किसकेको चाल पाउदैनन्। संबिधान, बिधि, बिधानमा जे ब्यवस्था गरेको छ त्यही अनुसार कार्यन्वयन नगरि आ-आफ्नै स्वार्थअनुरुप कुतर्कहरु निकाली निर्वाचन वारे बिवाद गर्दछन। मुलुकको अर्थतन्त्र मरणासन्न अवस्थामा पुग्दा पनि कोहीलाई मन्त्रालय तोड-मोड र बिस्तार गरि भागबण्डा मिलाउन हतारो छ। कोही महत्वपूर्ण सार्वजनिक पदमा बसेर नरसंहार र हत्याका हथकण्डाहरु दोहोर्याउने धम्की दिईरहेका छन्। कोही आफूलाईनै सर्वशक्तिमान र अदालत ठानी आफ्नो नेताको गल्ति नभएको भनि चोख्याउदै उसंग जोरी नखोज्न धम्किदीन्छन्।कोही आफ्नो प्रदेशको राजपत्रमा चुच्चे नक्शाको सट्टामा बुच्चे नक्शा राखी प्रकाशित गर्दछन्। कोही बर्षौ देखि संबैधानिक भई बिभिन्न चुनावहरुमा शहभागि हुदै आईरहेको दलको बिधान संसोधन गर भन्छ।आखिर के का लागी यो ताना, वुना र प्रपञ्च मिलाईरहेका छन् ?
के अब मुलुकको राष्ट्रियता, स्वाधिनता, अखण्डता र शार्वभौमसत्ता संकटमा पर्नै लागेको हो? खबरदार।अब पनि सचेत देशभक्त नेपालीहरुले यस्ता प्रकारका बिसंगति र बिकृतीहरुको विरुद्धमा एकजुटभै संघर्षको मैदानमा उत्रेर खवरदारी गर्न नसक्ने हो भने मुलुकले छि्ट्टैनै भुटान र सिक्किमकै नियति भोग्न पर्ने निश्चित छ। सावधान रहौ,होशियार वनौ र खवरदारी गरौ।
(श्रेष्ठको फेसवुक बाट )

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु