पर्सा, २७ पुष //
पर्सामा मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मंगलवारदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी सेवा केन्द्रहरु सँगको सहकार्यमा आयोजना गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत सोमवार लगभग ५ हजार जनालाई मास्क वितरण गरेका छन्।
वीरगञ्जको घण्टाघरदेखि शंकराचार्य गेटसम्म लगभग ५ हजार जनालाई निःशूल्क रुपमा मास्क वितरण गर्नुका साथै मास्क नलगाउँदा हुन सक्ने हानीको बारेमा समेत सचेतना फैलाइएको छ प्रजिअ ढकालले जानकारी दिए।
नागरिकमा कोरोना जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै मास्क बाँड्न र मास्क सम्बन्धी जनचेतना जगाउन प्रमुख जिल्ला अधिकारी,प्रमुख प्रहरी उपरीक्षक एसपी सहितका सरोकारवाला सडकमा ओर्लिएका हुन्।