रौतहट , १५ माघ //
मालपोत कार्यालय मौलापुरले आलोपालो प्रणालीमा स्थानिय तहहरुलाई सेवा प्रवाह गर्ने भएको छ ।
कार्यालयले एक सूचना जारि गर्दै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएकाले रौतहटका ६ वटा स्थानिय तहहरुलाई आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने जनाइएको छ।
कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आईतबार देखि आलोपालो अनुसार सेवा दिने सुचनामा उल्लेख गरिएको छ।
वार अनुसार स्थानीय तहका नागरिकलाई जग्गा रजिष्टेशन लगायत विभिन्न सेवाहरु प्रवाह गरिने कार्यालयले जनाएको छ । आइतवार र सोमवार फतुवा बिजयपुर र मौलापुर नगरपालिका, मंगलबार, बुधबार देवाही गोनाही र कटहरिया नगपालिका तथा बिहिबार र शुक्रबार बैधीमाई र परोहा नगरपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने कार्यलयका प्रमुख बबुनन्द साहले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्न जिल्ला प्रशाससनले निर्णय गरि सकेको उले बताए। प्रमुख साहले सेवाग्राहीहरु कार्यालय आउँदा अनिर्वाय मास्क लगाई खोप लगाएको कार्ड लएर आउँन आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले यस अघि माघ ६ गते आमसभा, जुलुस, सभा, भेला नगर्न तथा गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना कोरोना विरुद्धको खोप पूर्ण मात्रा लगाएका मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो ।