रौतहट , २६ पुष //
सरकारले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलाई शिक्षा मन्त्रालयमा आज भएको छलफलबाट सो निर्णय कार्यान्वयन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए।
आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।
बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।