सर्लाही , २८ पुष //
सर्लाहीको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
केही दिनदेखि ज्वरो आएपछि उनले मंगलबार बिहान जिल्ला अस्पताल पुगेर स्वाब दिएका थिए ।
मंगलबार साँझ उनको रिपोर्टमा पोजेटिभ आएको बताइएको छ। स्वास्थ्य अवस्था सामान्य नै रहेकाले मेयर साह अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका बसेका छ।