जनकपुरधाम , १२ माघ //
मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।
बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा मधेश प्रदेशमा ९८ प्रतिशत भन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कुल मतदाता ३ सय ७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको र ६ जनाले नगरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।
उनले निर्धारित समयमा ६ जना नआएकाले अब उनिहरुले मत खसाउन नपाउने बताए ।
मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् ।
मतगणना जारी रहेको जनाइएको छ। मधेश प्रदेशमा २ पदका लागि मतदान भएको हो ।