Thursday, January 23, 2025

मधेश प्रदेशको नामकरण पछि रौतहटमा दिप प्रज्जवलन गरी मनाए खुसीयाली

पछिल्लाे समाचार


रौतहट , ५ माघ //
प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएकोमा रौतहटमा दिप प्रज्जवलन गरी खुसीयाली मनाइएको छ।

जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले प्रदेश सरकार गठन भएको करिब पाँच वर्षपछि प्रदेशको नामाकरण र राजधानी तय भएको भन्दै मंगलवार रौतहटमा दिप प्रज्जवलन गरी खुसीयाली मनाएका हुन्।

सोमवार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई दुई तिहाई भन्दा बढी बहुमतले पारित गरेको थियो ।

विगतका दिनमा भएको मधेश जनविद्रोह लगाएतको आन्दोलनको बलमा मधेशी जनताले मधेश प्रदेश पाएको भन्दै जनता समाजवादी पार्टी माधवनारायण नगरपालिका वडा नं ६ का वडा कमिटि अध्यक्ष विरझन राय यादवको नेतृत्वमा माधोपुर बजारमा दिप प्रज्ज्वलन गरी खुसीयाली मनाइएको हो ।

मधेश प्रदेश नामाकरणले बल्ल मधेशीले आफना पहिचान पाएको भन्दै उनिहरुले खुसी सट्टासाट्ट गरेका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु