सप्तरी , ५ माघ //
बलिदानी दिवशको अवसरमा आज (बुधबार) मधेस प्रदेशमा सार्वजनिक विदा दिइएको छ।
आज माघ ५ गते मधेश आन्दोलनको आज १५ वर्ष पुरा भएको छ । २०६३ माघ ५ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।
प्रदेश सरकार माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । प्रदेश सरकारले आज राजविराजमा विशेष कार्यक्रम गर्दैछ। कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ।
२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भएपछि मधेशभर आन्दोलन चर्किएको थियो ।