Monday, January 27, 2025

भन्सार छली गरी ल्याएको ८० हजारको सामान बरामद

पछिल्लाे समाचार


धनुषा , २९ पुष //
भन्सार छली गरी ल्याएको ८० हजार बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी जिरोमाईलबाट खटेको टोलीले जनकपुर उप– महानगरपालिका– ७ स्थित माछाबजारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ३ सय बराबरको ५९ थान ज्याकेट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जनकपुर उप– महानगरपालिका– ४ स्थित भैरव चोकबाट भारतबाट भन्सार छली ल्याएका लुगा धुने साबुन, बिस्कुट, राकेश लेखिएको मसाला, नुहाउने साबुन, दालमोट, कालो तिल, कालो पलाष्टिक, राज निवास, चिनी समेतका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद सामाग्री करिब ३८ हजार ५ सय ६० को रहेको छ जनाइएको छ। बरामद सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको धनुषा प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु