Sunday, January 26, 2025

बेमौसमी बर्षाका कारण रौतहटको इट्टा उद्योगहरुमा क्षती

पछिल्लाे समाचार


रौतहट , २० पुष //
केहि दिन अघि परेको बेमौसमी वर्षाले रौतहटको इट्टा उद्योगहरुमा ठूलो क्षती पुर्याएको छ । बेमौसमी बर्षाले पकाउन तयारी अवस्थामा राखिएको काँचो इट्टा कामै नलाग्ने गरि गलाएको छ ।

चन्द्रपुर १० मा रहेको आर बि ए इट्टा उद्योग डुमरियाका व्यवस्थापक भोला आलमका अनुसार उनको इट्टा भट्टामा मात्र १० देखि १२ लाख बराबरको काँचो इट्टा गलेर नष्ट भएको छ । उनले पकाउन ठिक्क पारेर राखिएको इँटा नास बनाएको बताए।
आफ्नो व्यवसायमा ठुलो धक्का लागेको र नसोचेको नोक्सानी भएको उनले बताए।

जिल्ला भर १ सय ६२ वटा इट्टा भट्टाहरु रहेकामा १ सय १५ वटा नियमित संचालन भैरहेको रौतहट इट्टा व्यवसायी संघले जनाएको छ।
वर्षाका कारण काँचो इट्टा नष्ट हुँदा जिल्लाभर ७ करोडभन्दा बढीको नोक्सानी व्यवसायीहरुले बेहोर्नु परेको संघले जनाएको छ ।
वर्षाले काँचो इट्टा नष्ट गरेपछि इट्टा भट्टामा इट्टा पोल्न लगाइएको आगो निभाउनु पर्ने अवस्था सृजना भएको संघका सचिव मोहन साहले बताए । पोल्नको लागि इट्टा नभएपछि संचालनमा भएका इट्टा भट्टापनि बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
वर्षाको पानी नोक्सानी बेहोरेका इट्टा उद्योगीहरुहरु हुस्सु र शीतलहरले झन् मार्कामा परेका छन् ।जिल्लामा शुक्रबार देखि घाम नलागेको कारण बचेको इँटा पनि सुक्न पाएको छैन।
सचिव साहले आफुहरुलाई सरकारले हेर्नुपर्ने , कर लगाएतका कुराहरुमा छुट दिनुपर्ने यदि यस्तो नभएमा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउन सक्ने बताए।
काँचो इट्टालाई विमा कम्पनीहरुले पनि विमा गर्न नमान्ने हुँदा वर्षाका कारण वर्षैनी करौडौको नोक्सानी व्यवसायीहरुले बेहोर्नु परिरहेको व्यवसायीहरुको गुनासो छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु