Wednesday, January 22, 2025

बिधालय खोलेपछि रौतहटमा प्रशासनको सुचना

पछिल्लाे समाचार

रौतहट १० माघ / कोभिड-१९ को संक्रमण बढ्न नदिन नेपाल सरकार मन्त्रिपरिषद् को मिति २०७८ पुस ३० गतेको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय को मिति २०७८ माघ ६ गते जारी आदेशको पालना नभएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेको छ ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने आदेश भएको थियो ।
सरोकारवालाहरुले आदेशको पालना नगरेको भनी गुनासो प्राप्त हुन आएकोले भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न/नगराउन बिधालयहरु लाई सुचना जारी गरेको छ ।
उक्त आदेशको पालना नगरेको पाइएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यता चन्द्रपुर नपाको शिक्षा शाखाका अधिकृत दिपेन्द्र मण्डलले पनि सनमाजिक संजालमा सुचना जारी गर्दै सरकारको निर्णय अनुसार अर्को सुचना नहुञ्जेल सम्मको लागी स्कूल बन्द गरेकोमा केहि स्कूलहरुले बिधार्थी भैतिकरुपमा उपस्थित गराएर सञ्चाल गरेको जनगुनासो प्राप्त अनुगमन गर्ने र पाइए कार्वाहि हुने उल्लेख गरेका छन ।
चन्द्रपुर नगरपालिका मा केही बिधालयहरुले सोमवार बिधालय संचालनमा ल्याएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु