जनकपुरधाम , ४ माघ //
मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोलीपनि सार्वजनिक बिदा घोषणा गरेको छ ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन्।
तराई मधेसमा भएको अधिकार प्राप्तिका विभिन्न आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत चार वर्षदेखि मधेस सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
यस वर्षको बलिदानी दिवस मधेस सरकारले सप्तरी जिल्लाको राजविराज मनाउने योजना वनाएको बताइएको छ।
यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले राजविराजसहित मधेसका सम्पूर्ण जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउँदै आएको छ ।