रौतहट १० माघ / ज्यान मार्ने उधोग आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन ।
परोहा नगरपालिका वडा नं.४ का प्रभा देवी पटेलको जाहेरीको आधारमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी पवन पटेललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले जनाएका छन ।