Sunday, January 26, 2025

प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुँदै

पछिल्लाे समाचार


जनकपुरधाम , २७ पुष //
प्रदेश २ को नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान हुने भएको छ।

प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो ।

प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।

नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ ।जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ भएपनि उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक रहेको छ  ।

अन्य प्रस्तावहरू जानकीको पक्षमा एमाले र नेकपा (एकीकृत समाजवादी) का २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा गरेका छन् भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन् ।

आगमि माघ पहिलो सातामै मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु