पर्सा , २८ पुष //
प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले चिसो तथा शितलहर बढ्दै गएपछि न्यानो कपडा वितरण गरेका छन् ।
उनले वीरगञ्जको गण्डकदेखि शंकराचार्य गेटसम्म १ सय जनाभन्दा धेरैलाई कम्बल वितरण गरेका हुन् ।
प्रदेश सभा सदस्य कुर्मीको संसदीय विकास कोषबाट कम्बल, सलसहितका न्यानो कपडा वितरण गरिएको हो ।
तराईमा बढ्दै गरेको शितलहर एवम् चिसोबाट सबैलाई सुरक्षित राख्नका लागि गरिब, विपन्न एवम् असहाय, अशक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको कपडा वितरण कार्यक्रममा सरीक युवा नेता ओमप्रकाश सर्राफले जानकारी दिए ।
नारायणी अस्पताल, बसपार्क लगायतका स्थानमा गएर सडक तथा पेटीमा आश्रीतहरुलाई न्यानो कपडा वितरण गरिएको उनले बताए।