Thursday, January 23, 2025

प्रदेश नम्बर २ अस्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्रीको घर अगाडी प्रदर्शन

पछिल्लाे समाचार


पर्सा , २ माघ //
प्रदेश नम्बर २ अस्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी विरोध प्रदर्शन भएको छ ।

स्थानीय युवाहरुले प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन दवाव सृजना गर्ने उद्देश्यले आइतबार बिहान मुख्यमन्त्रीको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित निवास अगाडी विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।

मुख्यमन्त्री राउतले प्रदेश २ को राजधानीका लागि जनकपुरधामको पक्षमा मतदान गर्ने पक्का भएपछि आक्रोशित युवाहरु आन्दोलनमा उत्रेका हुन् ।

आफ्नो पद जोगाउनका लागि मुख्यमन्त्री राउतले वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको युवाहरुको आरोप छ ।प्रदर्शनमा सहभागी एक युवाहरुले आफ्नो मातृभुमी शहरभन्दापनि मुख्यमन्त्रीलाई आफ्नो पद बढी प्यारो हो ? भन्ने प्रश्न समेत गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु