बारा , २६ पुष //
बाराको कलैया उपमहानगरपालिकाले पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको अवसरमा भोलि मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक विज्ञप्ति जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
२०७५ चैत्र २९ गतेको तेश्रो नगरसभाको निर्णयलाई आधार मानेर पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले भोलि कलैया उपमहानगरपालिका भित्रका सबै कार्यालय साथै मातहतका सबै वडा समितिका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा हुने जानकारी दिएका छन् ।