रौतहट , २८ पुष //
पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहद्वारा रौतहटको मौलापुर बजारका बिभिन्न चौकको नामाकरण गरिएको छ ।
यस्तै मंगलबार एक समारोह बीच नेता साहको प्रमुख आतिथ्यतामा विधिपूर्वक नाम सहितको बोर्डहरु ५ स्थानमा स्थापना गरिएको छ ।
मौलापुर पुरातात्त्विक महादेव स्थानमा अद्वभुतनाथ चौकको नामले नामाकरण गरिएको छ ।त्यस्तै बहुप्राबिधिक शिक्षालय नजिक क्याम्पस चौक, लैण्डपुलिङ भएको स्थानलाई स्मार्ट चौक,लगायत महाबिर चौक,हिमगिरी चौक गरि मौलापुर बजार क्षेत्रमा ५ वटा चौकको नामाकरण गरिएको छ ।
मौलापुर बजार क्षेत्र अन्तर्गत चौकहरुको नामाकरणले बजारमा आउने ब्यापारी,सेवाग्राही तथा सर्वसाधारणहरु सबै लाई सहज हुने बिश्वास लिएको छ।
सो अवसरमा पुर्व मन्त्री प्रभु साहका साथै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह,नापी शाखाका प्रमुख मुकेश कुमार यादव लगायत स्थानीय जनप्रतिनिधि कर्मचारी,तथा विभिन्न दलका नेता र गाउलेहरुको उपस्थिति रहेको थियो ।
पुर्व मन्त्री साहकै पहलमा मौलापुर बजार क्षेत्रमा स्मार्ट सिटिको अवधारणा अन्तर्गत विभिन्न भौतिक पुर्वाधारहरुको निर्माण तथा मौलापुर बजार देखि पुर्वपटी ७५ बिगहा क्षेत्रफल जग्गामा लैण्डपुलिङ अर्थात एकीकरण भएर पहिलो चरणमा माटोपुर्ने काम भइरहेको छ।