पर्सा , ११ माघ //
पर्सामा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोलहवी नगरपालिका ३ का ६० वर्षीय पुरुष रहेका छन्।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारकै क्रममा आज बिहान साढे ४ बजेको समयमा उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
उनका स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाको तेस्रो लहर सुरु भएदेखि वीरगञ्जमा पछिल्लो ४ दिनमा संक्रमणका कारण ३ जनाले ज्यान गुमाई सकेका छन् ।