पर्सा , २८ पुष //
पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले निर्देशन दिएको छ।
शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले हिजो एक विज्ञप्ति जारि गर्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो।
सोमवार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिए तापनि पर्साका केही पालिकाहरुले अटेरी गरेपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए।
वीरगंज महानगरसंगै १४ वटा पालिकामध्ये केही पालिकाले अटेरी गरिरहेकोले खोपको गतिविधि जारी राख्दै पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गरिएको उनले बताए।
महासंघको सूचनापछि पर्साका अधिकाश विद्यालयहरु मंगलवार दिउँसोदेखि बन्द भएका छन्।