Monday, January 27, 2025

धनुषामा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप ,प्रहरी सहित १३ जना घाइते

पछिल्लाे समाचार


धनुषा , १८ पुष //
धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ ।

पूर्व-पश्चिम राजमार्ग बन्द गराउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने पोर्ताहामा प्रहरी र पार्टीका कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा परेर प्रहरी सहित १३ जना प्रदर्शनकारी घाइते भएका छन् ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको द्विपक्षीय झडपको क्रममा छ जना आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएका हुन्।

झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यासँ प्रहार भएको जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट ८ जना घाइते भएको जानकारी दिए । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका एकजना घाइते भएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु