धनुषा , २७ पुष//
धनुषाको एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
गएराती जिल्लाको लक्ष्मीनिँया गाउँपालिका वडा नम्बर ७ भगवतीपुरस्थित नवल मुररकाको जानकी प्लाष्टिक उद्योगमा आगलागी भएको हो।
उद्योगमा विद्युत सर्ट भई हिजो राति आगलागी हुँदा मेसिन, मेटेरियल सामान, कच्चा पदार्थ, केमिकल, काठपात, लत्ताकपडा लगायत अन्नपातसमेत जल्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको भन्ने खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीयहरुको सहयोगमा आगोलाई रातिनै नियन्त्रणमा लिएको थियो।