रौतहट , २८ पुष //
रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ पोषण सम्बन्धी एक दिने क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिकाद्धारा आयोजित कार्यक्रम बुधबार मत्सरी स्थित स्वास्थ्य चौकी मा सम्पन्न भएको हो।
कार्यक्रममा उपस्थित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पोषण सम्बन्धी जानकारी गराइएको स्वास्थ्यकर्मी शतिषचन्द्र झाले जानकारी दिए ।
उनले कोभिडको समयमा आफू स्वस्थ्य रहदै आफनो टोल छिमेकीलाई स्वस्थ्य राख्ने, साबुन पानीले हात धुने, सेनीटाइजरको प्रयोग गर्ने र मास्क प्रयोग गर्ने विधिको साथै पोषण सम्बन्धी आवश्यक जनचेतना जगाउनु आवश्यक रहेको बताए ।
बढ्दै गएको कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीहरुले अपनाउनुपर्ने सचेतनाको साथै बालबालिकाहरुलाई पोषण सम्बन्धी जानकारी गराउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक दिने क्षमता विकास अभिमुखीकरण कार्यक्रम संचालन गरिएको पोषण योजना फाँटका संयोजक अनिश कुमारले जानकारी दिए।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, वडा सचिव, निर्वाचित जनप्रतिनिधि, संचारकर्मी सहित २० जनाको उस्थिति रहेको थियो