सप्तरी , १ माघ //
सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षीय धिरज सदा रहेका छन्।
माटो लिन जाने क्रममा स १ त २७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा उनको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेका अनुसार ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो लिन गएका र त्यस क्रममा ट्याक्टर पल्टिएको हो।
मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले जानकारी दिए।