राकेश यादव / रौतहट
रौतहटमा एउटा यस्तो ठाउ छ जहाका स्थानीयअहिले पनि कष्टकर जीवन विताई रहेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ को जरुवा टोलका ५४ घर परिवार कस्टपूर्ण जिवन विताउदै आएका हुन् ।
सरकारी सेवा सुविधा तथा जनप्रतिनिधिको पहुच नपुगेका सो ठाउमा आउने जाने बाटो को समस्या रहेको छ । पुर्व पस्चिमम राजमार्ग देखि भित्र उत्तर चुरे पहाडको फेदमा झुपडी बनाएर बस्दै आएका ५४ घरपरिवारको अस्वस्थ कस्ट पूर्ण नै रहेको छ ।
जन प्रतिनिधि ले गाउलाइ बेवास्ता गरेको गुनासो स्थानीय प्रताप सिंह स्यांङतानको रहेको छ । राइ टोल देखि उतर खोला पारीमा रहेको छ ।
३ घण्टा हिडेर खाद्यान्न सामग्री ल्याउनु पर्ने अवस्था रहेको दुखेसो उनीहरुको छ । विधुत ,संचार , शिक्षा र स्वास्थ्य सवै ठाउमा पुगेको अवस्था भएपनि सो गाउबासी यी सुविधाबाट बन्चित रहेका छन।
उतर मकवानपुरको सिमाना सित जोडिएको सो ठाउको बासिन्दाहरु अहिले पनि कुलोको पानी खान बाध्य छन् ।
विद्यालय र स्वास्थ्य चौकी पनि छैन । शुद्ध खानेपानीको अभाव छ । शिक्षाबाट बन्चित भएका उक्त बस्तीका किशोरकिशोरीहरु श्रम गर्न जिल्ला बाहिर जानेगरेको स्थानीय सुबा सिंह पाख्रिनले बताए ।
कोरोनाको महामारीमा पनि केहि राहत नपाएको पाख्रिनले सुनाए । नगरपालिका बाट प्राप्त हुने सामाजिक सुरक्षाको भत्ता बाहेक केहि पाउन नसकेको सुनाए ।
बाढी आउदा गाउँ बाहिर जान आउन नसकिने बताउदै विधुतको सुविधा नभएकोले जंगली जनावरबाट उच्च जोखिम रहेको सुनाए ।
गर्भवती हुदा के के गर्नु पर्छ भन्ने कुरा महिलाहरुलाइ जानकारी नै छैन । रातिको समयमा केहि भयो भने डाक्टर नै नआउने अवस्थाले छटपटिएर ज्यान गुमाउने पर्ने अवस्था रहेको गाउलेको गुनासो छ ।
नेपाल सरकारले कोरोनाको महामारीमा प्रभावित भएका विपन्न , मजदुर , दलित परिवारलाई १० हजार राहत दिने गरेको घोषणाको बारेमा उनीहरुलाई जानकारी गराइएको छैन ।
प्रदेश सरकारको जनता आवासको आवस्यकता उहाहरुलाई रहेकोले त्यस तर्फ स्थानीय सरकार र जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने माग छ ।